नयाँ कप्तानसहित सुदूरपश्चिमको टोली घोषणा, शेर मल्लको कप्तानीमा यी खेलाडीलाई दिईदे मौका

Image
Nisarga Hospital

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले आफ्नो टोली घोषणा गरेको छ। टोलीको नेतृत्व स्पिनर शेर मल्ललाई दिइएको छ भने उपकप्तानको जिम्मेवारी किरण ठगुन्नाले पाएका छन्।

CP Hospital Dhangadhi

गत संस्करणमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम ९ खेलमध्ये ३ जितमै सीमित रहँदै अंक तालिकाको आठौँ स्थानमा पुगेको थियो। यसपटक टोलीले अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजनसहित बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

Attariya Hospital

टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका तथा घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समेटिएका छन्। शेर मल्ल, किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरीलगायत खेलाडीहरू समावेश छन्।

nawajiwan

यस पटक सुदूरपश्चिमले विगतको कमजोरी सुधार्दै प्रतियोगितामा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।