
प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको छ।

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि उनीहरूमाथि कारबाही अघि बढाइएको हो। प्रतिवेदनले दुवै नेतासहित पूर्वप्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतले गम्भीर लापरवाही गरेको निष्कर्ष निकालेको छ।

मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्ने’ कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उक्त कसुर प्रमाणित भएमा ३ वर्षसम्म कैद र जरिवानाको व्यवस्था छ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै कारबाही प्रक्रिया तीव्र बनेको हो।
































