पश्चिमी न्यूनचापीय प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ। यसका कारण देशभर सामान्यदेखि आंशिक बदलीको अवस्था देखिएको छ।

CP Hospital Dhangadhi

आज दिउँसो कोशी प्रदेश सहित पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान छ। पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा मधेस प्रदेश का थोरै क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। साथै गण्डकी प्रदेश लगायत पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना औँल्याइएको छ।

nawajiwan

महाशाखाले सतर्कता अपनाउन र आवश्यक सावधानी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।