धनगढीमा कुकुरको विषयमा भएको विवादले ५६ बर्षीय पुरुषको ज्यान गयो

Image
Nisarga Hospital

धनगढी–१ लक्ष्मीनगरमा कुकुरसम्बन्धी सामान्य विवादले गम्भीर रूप लिँदै ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएको छ। घटनापछि छिमेकी महेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

मृतकका परिवारजनले योजनाबद्ध रूपमा घरमा बोलाएर कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्। तर श्रेष्ठ पक्षले सिढीबाट लड्दा दुर्घटनावश मृत्यु भएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ।

स्थानीयका अनुसार कुकुर मरेपछि त्यसको दोष चौधरीमाथि लगाइएको थियो। सोही विषयमा राति दुई पटक बोलाइएको र दोस्रो पटक घर लगिएको घटनाले थप शंका पैदा गरेको छ।

घाइते अवस्थामा फेला परेका चौधरीलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ र पोस्टमार्टम रिपोर्टपछि वास्तविकता खुल्ने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान जारी राखेको छ।

Advertize US