आजको मौसमः लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो लहरको चेतावनी, पहाडमा वर्षा–हिमपात

Image
Nisarga Hospital

नेपालको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिँदा गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै केही स्थानमा वर्षा र हिमपात भइरहेको छ। तर देशका तराई भूभाग, विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रचण्ड गर्मी बढ्दै गएको छ।

CP Hospital Dhangadhi

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मध्यम खालको तातो लहर चल्ने चेतावनी दिँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यी क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ, जसले कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा बढी असर पार्ने देखिन्छ।

Attariya Hospital

तातो हावाका कारण थकान, टाउको दुख्ने, चक्कर आउने, अत्यधिक तिर्खा लाग्ने र मांसपेशी दुख्ने समस्या देखिन सक्ने भएकाले सावधानी आवश्यक छ। दिउँसो बाहिर ननिस्कने, हल्का कपडा लगाउने, टाउको छोप्ने र पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ।

nawajiwan

आउँदो सातादेखि केही क्षेत्रमा वर्षा बढ्ने सम्भावना रहे पनि तराईमा अझै केही दिन गर्मी कायमै रहने भएकाले सतर्कता अपरिहार्य रहेको छ।