पश्चिमी प्रणाली सक्रिय : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिमसहित विभिन्न पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुनसक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

Attariya Hospital

आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ। कोशी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस र अन्य पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

nawajiwan