मौसम अपडेट: आज वर्षा, चट्याङ र हावाहुरीको सम्भावना, तराईमा गर्मी बढ्ने

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

CP Hospital Dhangadhi

हाल गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Attariya Hospital

सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ। यस्तै मधेससहित कोशी, बागमती र गण्डकीका तराई तथा पहाडी क्षेत्रमा अपराह्नपछि हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। रातिको समयमा पनि केही क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना रहने जनाइएको छ।

nawajiwan