पूर्वाधार विकासमा आक्रामक बजेट: १ हजार किमी सडक कालोपत्रे, २ सय सडक पुल निर्माण गर्ने

Image
Nisarga Hospital

सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार क्षेत्रमा ठूलो लगानी गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २ सय सडक पुल निर्माण गर्ने जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

पूर्व–पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने काम ५ वर्षभित्र सम्पन्न गरिने योजना छ। यसै वर्ष नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको निर्माण सकिनेछ भने अर्को दुई वर्षमा थप ८० किलोमिटर काम पूरा गरिनेछ।

Attariya Hospital

यसका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ। त्यस्तै, द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड, हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड, कर्णाली राजमार्गका लागि १ अर्ब र मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड बजेट छुट्याइएको छ।

nawajiwan