देशभर मौसमी असर : कतै वर्षा, कतै तातो दिनको सम्भावना, तपाईको ठाउँमा कस्तो छ त मौसम ?

Image
Nisarga Hospital

नेपालमा हाल उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग नेपाल ले जनाएको छ।

CP Hospital Dhangadhi

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमतीका पहाडी–हिमाली भूभागमा सामान्यतया बदली छ। कोशी, मधेश र बागमतीका तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहेको छ।

Attariya Hospital

लुम्बिनी र कर्णालीका पहाडी–हिमाली क्षेत्रका केही स्थान तथा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

nawajiwan

त्यसैगरी, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ। मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन अनुरोध गरिएको छ।