
हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप देशका विभिन्न भागमा मौसम परिवर्तनशील देखिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बादल लागेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानहरू तथा सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
त्यस्तै, हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिन मध्यम तातो लहर (Heat Wave) देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।


कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि तातो दिन (Hot Days) हुने सम्भावना रहेकाले मौसम पूर्वानुमानको अद्यावधिक सूचनामा ध्यान दिन विभागले अनुरोध गरेको छ।
महाशाखाले मौसम पूर्वानुमान बुलेटिन दैनिक बिहान ८ बजे र साँझ ६ बजे तथा हिउँदमा तराईको हुस्सु/कुहिरो तथा शीतलहर सम्बन्धी सूचना बिहान ९:३० बजे नियमित रूपमा अद्यावधिक गर्दै आएको जनाएको छ।































