आजको मौसमः पश्चिमी वायु र स्थानीय प्रभाव सक्रिय, देशका विभिन्न क्षेत्रमा वर्षा र तातो दिनको सम्भावना

Image
Nisarga Hospital

नेपालमा हाल उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण देशभर मौसममा विविधता देखिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको सम्भावना पनि रहेको छ।

nawajiwan

रातीको समयमा कोशी प्रदेशसहित हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशीको हिमाली क्षेत्र, मधेस र बागमती–गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।