कोशी प्रदेशमा मनसुनी प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षा र तराईमा तातो लहरको सम्भावना

Image
Nisarga Hospital

नेपालमा हाल कोशी प्रदेशका केही भूभागमा मनसुन सक्रिय रहेकाले त्यहाँ वर्षाको प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

हाल कोशी प्रदेशका साथै अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा, बागमती र गण्डकीका पहाडी भूभागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना छ भने बागमती र गण्डकीका तराईमा पनि अत्यधिक गर्मी रहने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ। यी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै, कोशी र गण्डकीका पहाडी क्षेत्र तथा कोशीका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।