यूएईले १११ नेपाली कैदीलाई आममाफी, श्रम सम्झौता प्रभावकारी बनाउन मन्त्री यादवको आग्रह

Image
Nisarga Hospital

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

CP Hospital Dhangadhi

भेटका क्रममा मन्त्री यादवले नेपाल–यूएईबीच भएका द्विपक्षीय श्रम सम्झौता तथा समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्। उनले नेपाली श्रमिकको हकहित, सुरक्षित वैदेशिक रोजगारी र श्रम सहकार्यलाई थप सुदृढ बनाउन दुवै देशबीचको समन्वय आवश्यक रहेको उल्लेख गरेको मन्त्रीको सचिवालयले जनाएको छ।

Attariya Hospital

भेटमा यूएईका राजदूत शाम्सीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई यूएई सरकारले आममाफी दिएको जानकारी गराएका थिए। उक्त मानवीय निर्णयप्रति मन्त्री यादवले यूएई सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस कदमले दुई देशबीचको मित्रवत् सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

nawajiwan

भेटमा नेपाल–यूएई सम्बन्ध, श्रम सहकार्य र आपसी हितका विविध विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।