सुदूरपश्चिममा सत्ता परिवर्तन निश्चितजस्तै, खगराज भट्ट मुख्यमन्त्री बन्ने बाटो खुल्यो

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गर्ने लगभग निश्चित भएको छ। केन्द्रमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको सत्ता साझेदारीको लिखित सहमतिअनुसार माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन्।

CP Hospital Dhangadhi

डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट निर्वाचित भट्ट २०७९ सालको निर्वाचनमा १२ हजार ११२ मत प्राप्त गर्दै विजयी भएका थिए। हाल प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह ले गरिरहेका छन्। उनी एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थिए।

Attariya Hospital

तर आर्थिक वर्ष २०८३/८४ को बजेट विवादपछि एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार अल्पमतमा परेको सरकारले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

nawajiwan

मुख्यमन्त्री शाह अहिले दलका नेतासँग छलफलका लागि काठमाडौंमा छन्। उनले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा अन्तिम निर्णय गरिसकेका छैनन्। केन्द्रको नयाँ राजनीतिक सहमतिसँगै एमालेले माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने भएपछि सुदूरपश्चिममा सरकार परिवर्तनको प्रक्रिया तीव्र हुने देखिएको छ।