पाँच प्रदेशमा सत्ता सहकार्य, एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्ने, सुदूरपश्चिममा खगराज मुख्यमन्त्री बन्दै

Image
Nisarga Hospital

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरिएको हो।

CP Hospital Dhangadhi

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले सम्हाल्ने सहमति भएको छ।

Attariya Hospital

दुवै दलले प्रदेश सरकारलाई स्थिर, प्रभावकारी र समन्वयात्मक रूपमा सञ्चालन गर्ने उद्देश्यले सत्ता सहकार्यलाई औपचारिक रूप दिएका हुन्। लिखित सहमतिसँगै सम्बन्धित प्रदेशमा सरकार गठन तथा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

nawajiwan