डा. केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, सहमतिको प्रयास तीव्र

Image
Nisarga Hospital

अत्तरियाः शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीले उठाएका मागहरू संवादमार्फत समाधान गर्ने सरकारको प्रयास जारी रहेको बताएका छन्।

CP Hospital Dhangadhi

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले वार्तालाई औपचारिक रूप दिन शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार धनगढी पुगेको जानकारी दिए।

उनका अनुसार आफूले शुक्रबार साँझ नै डा. गोविन्द केसीसँग टेलिफोनमा संवाद गरिसकेका छन्। सोही छलफललाई अघि बढाउँदै सरकार र डा. केसीबीच सहमति खोज्ने उद्देश्यले सचिवस्तरीय वार्ता सुरु गरिएको उनले बताए।

nawajiwan
Attariya Hospital

मन्त्री पोखरेलले आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव पनि धनगढी पुगेर वार्तामा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिएका छन्।

सरकारले संवाद र सहमतिमार्फत डा. केसीका मागको निकास निकाल्ने प्रयासलाई प्राथमिकतामा राखेको मन्त्री पोखरेलको भनाइ छ। वार्तापछि आन्दोलन र मागबारे थप निष्कर्ष आउने अपेक्षा गरिएको छ।