आजको मन्त्रिपरिषद्का निर्णय : ८ एआईजी सरुवा, नयाँ नियुक्तिको लहर

Image
Nisarga Hospital

सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

CP Hospital Dhangadhi

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ।

त्यस्तै, गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका वरिष्ठ पत्रकार हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

nawajiwan
Attariya Hospital

बैठकले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा (दशौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेजसम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

यसैगरी, समुद्री जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदनका लागि संसद्मा पेस गर्ने निर्णय पनि गरिएको छ। मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ तथा राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद्का ८ प्रमुख निर्णय :
१) नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा।
२) विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का (धनकुटा) नियुक्त।
३) गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल (कैलाली) नियुक्त।
४) सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना (मोरङ) नियुक्त।
५) कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत।
६) शिक्षा (दशौं संशोधन) नियमावली, २०८३ स्वीकृत।
७) अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेजसम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति।
८) राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत।