१६ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्पेन, अब फ्रान्ससँग रोमाञ्चक भिडन्त

Image
Photo - FIFA
Nisarga Hospital

फिफा विश्वकप २०२६ मा स्पेनले शानदार पुनरागमन गर्दै १६ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। लस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै सन् २०१० को विश्वविजेता स्पेन अन्तिम चारमा पुगेको हो।

CP Hospital Dhangadhi

स्पेनका लागि फेबियन रुइजले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर बेल्जियमका चार्ल्स डे केटलेरले ४१औँ मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाएका थिए। खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए।

Attariya Hospital

सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो। यसपटक भने टोलीले उत्कृष्ट लय कायम राख्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको छ।

nawajiwan

अब स्पेनले फाइनल प्रवेशका लागि अर्को बलियो टोली फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोली उत्कृष्ट फर्ममा रहेकाले सेमिफाइनल विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक भिडन्तमध्ये एक हुने अपेक्षा गरिएको छ।