देशभर मनसुन सक्रिय: धेरै प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आगामी २४ घण्टामा अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति देशभर अधिकांश स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षा हुन सक्नेछ।

Attariya Hospital

महाशाखाका अनुसार रातिको समयमा वर्षा अझ सक्रिय हुने सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। मधेस प्रदेशका तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

nawajiwan

अति भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै आवश्यकबाहेक जोखिमयुक्त यात्रा नगर्न, मौसमको नियमित जानकारी लिन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।

# ट्रेण्डिङ