
अत्तरियाः सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली ठेली प्रकरण भएको देख्दा दुःख ब्यक्त गरेका छन ।

अत्तरिया उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका बसन्त रोकायाले जारी महोत्सव को सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताएका छन् ।


यस संस्थाको गरिमा माथि आच आउने गरी टिकेट घोटाला भएको कुरा सुन्दा आफूलाई दुःख लागेको बताए । महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै उनले भने महोत्सव को ८ औं संस्करणमा पुग्दा गम्भीर प्रश्न खडा भएको छ ।
‘नक्कली ठेली के हो ? सत्य तथ्य बाहिर ल्याउनु पर्दछ । यो कुराले म अत्यन्तै मर्माहत बनेको छु , दुखी भएको छ। कसैले धमिलो पानीमा माछा मार्न खोजेका हुन कि के हो ? यो कुरो कार्य समितिले बाहिर ल्याउनु पर्दछ। यदि सत्य कुरा बाहिर ल्याउन रोक्न छेक्न खोजियो भने दु:खद घटना हुने छ,’ रोकायाले भने ।
उनले २०७१ सालमा यस क्षेत्रमा ब्यबसायी को हक हितमा आवाज उठाउने उदेश्यले संघ को स्थापना गरिएको बताए । उनले संघ को भबन निर्माण अधुरो रहेकाले अब पूरा हुने बिश्वास ब्यक्त गरे।





























