कैलालीमा अनुमति बिना जङ्गलमा बसेका विदेशी नागरिक अझै फर्किएनन्

Image
Nisarga Hospital

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा अनुमति बिना बसेका विदेशी नागरिकहरु अझै फर्किएका छैनन्। गत बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिए पनि करिब ६०–७० जना विदेशी नागरिक अहिलेसम्म जङ्गलमै रहेका छन्।

CP Hospital Dhangadhi

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार, निर्देशनपछि केही विदेशी नागरिक फर्किएका छन् भने अरु फर्किने क्रममा छन्। उनले भने, “आज–भोलिमै फर्किन्छन् होला।” उक्त विदेशी नागरिकहरु पर्यटक भिसामा नेपाल आएका थिए।

जिल्ला प्रशासनले सूचना पाएपछि गत बिहीबार प्रमुख जिल्ला अधिकारी हमाल सहितको टोलीले सिमली जङ्गलमा पुगेको थियो। उक्त विदेशी नागरिकहरु जङ्गलमा अर्धनग्न अवस्थामा बस्ने, खानपान, नाचगान गर्ने लगायतका गतिविधि गर्दै आएका थिए।

nawajiwan
Attariya Hospital

प्रशासनले विदेशी नागरिकहरुले जङ्गल वा स्थानीय समुदायलाई प्रत्यक्ष क्षति नपुर्‍याएको भन्दै बल प्रयोग नगरेको जनाएको छ। तथापि, उनीहरुमाथी निगरानी बढाइएको छ।

यस घटनामा भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका एक सय बढी नागरिकहरु संलग्न रहेको प्रशासनले जनाएको छ। स्थानीय प्रशासनले उनीहरुलाई शान्तिपूर्ण रूपमा फर्काउने प्रयास गरिरहेको छ।