बोगटान फुड्सिल गाउँपालिकाद्वारा राष्ट्रिय खेलाडीहरू सम्मानित

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

डोटी: बोगटान फुड्सिल गाउँपालिकाले पालिकाभित्रका राष्ट्रिय स्तरका खेलाडीहरूलाई विशेष सम्मान गरेको छ। गाउँभाको अवसर पारेर आयोजित कार्यक्रममा विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा वडा नं. १ सिमचौर निवासी राष्ट्रिय भलिबल खेलाडी रमेश बम र वडा नं. ३ सिमचौर निवासी कवडी खेलाडी खेम बम रहेका छन्। उनीहरूलाई गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिला, उपाध्यक्ष बिष्ना देउवा बम र प्रमुख प्रशासकीय अधिकृत हेम बोगटीले सम्मान गरे।

रमेश बमलाई रु १ लाख ११ हजार १ सय ११ नगद, प्रमाणपत्र, दोसल्ला र नेपाली टोपी प्रदान गरिएको छ भने खेम बमलाई रु २५ हजार १ सय ११ सहित सम्मान गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

यसअघि क्रिकेटका राष्ट्रिय खेलाडी लोकेश बमलाई पनि गाउँपालिकाले सम्मान गरिसकेको छ। गाउँपालिकाले खेलकुद क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूको हौसला अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।