इजरायली आक्रमणमा इरानी राष्ट्रपति पेजेस्कियन घाइते भएको रिपोर्ट

Image
JPG converted with https://ezgif.com/webp-to-jpg
Nisarga Hospital

इजरायलको आक्रमणमा परेर इरानका राष्ट्रपति मसाउद पेजेस्कियन घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। फार्स न्युज एजेन्सीका अनुसार गत जुन १६ मा राजधानी तेहरानको भूमिगत क्षेत्रमा लक्षित बम आक्रमण हुँदा राष्ट्रपति पेजेस्कियन हल्का घाइते भएका थिए।

CP Hospital Dhangadhi

घटनाका बेला राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी थिए। आक्रमणका क्रममा उनको खुट्टामा चोट लागेको बताइएको छ। उत्तरपश्चिम तेहरानमा भएको आक्रमणको भिडिओ सार्वजनिक भइसकेको छ, जसमा ठूलो विस्फोट देखिएको छ।

Attariya Hospital

फार्स न्युजको रिपोर्ट अनुसार घटनास्थलमा मानिस आवतजावत गर्ने छवटा ढोका पूर्ण रूपमा नष्ट भएका थिए भने बत्तीको लाइन समेत काटिएको थियो। यद्यपि कडा सुरक्षा व्यवस्थाबीच राष्ट्रपति पेजेस्कियन सुरक्षित रूपमा बाहिरिन सफल भएका थिए।

nawajiwan