मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा छ भने पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भागमा मौसम सफा रहनेछ।

साथै, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। आज राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मुख्यतया सफा मौसम रहने मौसमविद्हरूले अनुमान गरेका छन्।