
गुल्मीः तम्घास-छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय तम्घासले आफ्नी सदस्य श्रीमति मुमि सुनारका श्रीमान् भिमबहादुर सुनारको असामयिक निधनपश्चात् बिमा सुरक्षण रकम परिवारलाई प्रदान गरेको छ।

भिमबहादुर सुनारको निधनले संस्था गहिरो शोकमा परेको छ। सो अवसरमा संस्थाले सदस्य मुमि सुनारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गतको ऋण बिमा सुरक्षणमार्फत कर्जा सुरक्षण रकम रु. २,५०,०००/- (दुई लाख पचास हजार रुपैयाँ) र क्रिया खर्चबापत रु. १५,०००/- गरी जम्मा रु. २,६५,०००/- (दुई लाख पैसठी हजार रुपैयाँ) प्रदान गरेको हो।

त्यसैगरी, यसअघि लिइएको रु. २,५०,०००/- को सानिमा रिलायन्स इन्स्योरेन्स अन्तर्गतको बिमा सम्झौता अनुसार बाँकी अवधि कायम रहेकाले त्यस अन्तर्गत रु. १,३१,२५०/- सहित जम्मा रु. ३,९६,२५०/- (तीन लाख छयानब्बे हजार दुई सय पचास रुपैयाँ) बराबरको चेक सदस्यलाई घरमै पुगेर हस्तान्तरण गरिएको छ।

संस्थाले यो राहत सहयोगले श्रीमति सुनारको परिवारको दुःखमा केही हदसम्म सहारा पुग्ने विश्वास व्यक्त गरेको छ। सो अवसरमा संस्थाले स्वर्गीय भिमबहादुर सुनारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।































