आ’त्मदा’ह प्रयासपछि गायक नितु पौडेलको मृ’त्यु, स्टुडियो सञ्चालकवि’रुद्ध जाहेरी !

Image
Nisarga Hospital

अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायक नितु पौडेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा जाहेरी दिएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ। पौडेलको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले बताए।

उनका अनुसार नितुको मृत्यु बिहान ८ः३० बजे भएको हो। गत शनिबार दिउँसो उनले संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैँमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यसपछि उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।