
बझाङः जयपृथ्वी नगरपालिका वडा नम्बर ८ की रन्जना जोशि आज भन्दा ४ बर्ष अघि आफ्नो खेतबारी सम्म मल लैजानका लागी डोको र नाम्लोको सहायताले आफ्नै पिठ्युमा बोकेर लैजानु हुन्थ्यो । गोठेमल खेतबारीमा राख्नका लागी आफु र आफ्नो छिमेकीलाई संगै लिएर करीब २०।२५ दिन लगाएर खेतबारीमा गोठेमल राख्नु हुन्थ्यो । तर अहिले भने उनले आफ्नो पिठ्युमा मलको भारी बोक्नु पर्दैन । किनभने अहिले उनको गाउँमा सडक संजालले छाएको छ ।

उनको पिठ्युमा भरी न बोकेको झण्डै ३।४ बर्ष भन्दा बढी भयो । अहिले जोशिको घर नजीकै बाट सवारीका साधन ओहोर दोहोर गर्न थालेपछी खेतबारी सम्म गोठेमल लैजानका लागी तिनै सवारीका साधनहरुको प्रयोग गर्दै आउनु भएको छ । करीब एक महिना दिन लगाएर बोक्नु पर्ने गोठेमल अहिले खेतबारी सम्म एक दिनमा नै पुर्याउन सकिने जोशिले बताईन् । रन्जना जोशिले भनिन्,‘आज भन्दा करिब ४ बर्ष पहिला घरमा भएको गोठेमल खेतबारी सम्म डोको नाम्लोको सहायताले आफुले नै बोकेर लैजानु पर्ने बाध्यता थियो । घरबाट खेतबारी सम्म मलको भारी बोकेर करीब ४५ मिनेट भन्दा बढी समय लाग्थ्यो ।

तर अहिले भने ५।६ घण्टामा नै सवारीका साधन ट्याक्टरको सहायताले खेतबारी सम्म मल पुर्याउने गरेको बताईन् । आफ्नो टाउकोमा छाला जान सम्म पनी गोठेमल बोक्नु पर्ने बाध्यता अहिले हटेको भन्दै जोशिले खुःसी ब्याक्त गरीन् । आफुहरुको पालामा नै यति राम्रो सुविधा होला भन्ने कुराको आफुले कल्पनामा पनी नसोचेको बताउदै अहिले आफुलाई निकै ठुलो राहात पुगेको बताईन्’।
प्रति एक ट्याक्टरमा मल ढुवानी गरे बाफत २ हजार भाडा तिर्नु परेको बताउदै वडा नम्बर ८ का स्थानीय बासि राधाकृष्ण जोशिले, एक महिनाको काम २ दिनमा नै सम्पन्न गर्न सकिने गरेको बताए । उनले भने,‘जोशिगाउँ बाट खेतबारी भएको ठाउँ देबल जीउलो सम्म पुग्नका लागी भारी संग न्युनतम ४५ मिनेट लाग्थ्यो । अहिले गाउँको बाटो भएर सवारीका साधनहरु सुचारु भएपछी खेतबारी सम्म गोठेमल ढुवानी गर्न यहाँका नागरीकलाई निकै सहज भएको बताए । उनले खेतबारी सम्म गोठेमल लैजानका लागी मात्रै नभएर खेतबारीमा उब्जनी भएको अन्न बालि भित्र्याउन पनी निकै आफुहरुलाई सजिलो भएको बताए’।
गोठेमल खेतबारी सम्म लैजानका लागी रन्जनाले मात्रै नभएर हिमा जोशिले पनी गोठेमल बोकेको कुरा अहिले सम्म विर्सन सक्नु भएको छैन । पहिला भेडा खच्चडको जुनि सरह आफुहरुले मल बोक्नु पर्ने बाध्यता थियो । अन्नबाली राम्रो उत्पादन गर्नका लागी गोठेमल नहालेर साध्य नै हुदैन । गाउँका छिमेकीहरुको आलोपालो लगाएर गोठेमल बोक्नु पथ्र्यो । कहिले काँहि त छिमेकीहरु नपाएपछी आफु एक्लैले २०।३० दिन लगाएर भएपनी गोठमा भएको गोठेमललाई खेतबारी सम्म बोकेरै लिनुपर्ने हुन्थ्यो । तर अहिले छिमेकी नभएपनी आफ्नै परिवारका सदस्यहरु नै मिलेर एक दिनमा नै ट्याक्टरमा गोठेमल ढुवानी गर्ने गरेको बताईन् । अहिले सानो दुख भनेको ट्याक्टरमा लोड गर्न मात्रै दुख छ । नभएर तयती धेरै दुख छैन । यसले महिलाहरुलाई निकै ठुलो सहयोग पुगेको उनको बुझाई छ । गोठेमल बोक्नका लागी सबै गाउ ठाउँमा महिलाहरुले नै बोक्ने गर्छन । गाउँमा सवारीका साधनले महिलाहरुको भारी बोक्न दिन गएको आफुलाई अनुभुती भएको उनले बताईन् ।

गाउँमा सवारीका साधन संचालन भएपछी विषेश गरी महिलाहरुलाई निकै ठुलो राहात पुगेको छ । अन्य कामका लागी मात्रै नभएर खेतबारी सम्म मल लैजान र बारीमा उत्पादन भएको अन्नबाली घरसम्म पुर्याउनका लागी सवारीका साधन नै प्रयोग गर्ने गरेको बताईन् । गाउँ गाउँमा सडक पुगेर आफुहरु जस्ता धेरै कृषकहरुलाई ठुलो सहयोग पुगेको अनुभुती आफुलाई भएको जोशिले बताईन् ।
एउटै वडा नम्बर ८ का स्थानीय बासिन्दालाई मात्रै नभएर जयपृथ्वी नगरपालिका वडा नम्बर १ देखी ११ सम्म र अन्य पालिकाहरुमा पनी सवारीका साधनहरुले निकै ठुलो सहयोग पुगेको यहाँका स्थानीय बासिन्दाको भनाई छ । गाउँ गाउँ टोल टोलमा सडक संगै सवारीका साधन संचालनमा आएपछी खेतबारीमा काम गर्न मात्रै नभएर सामान्य जीविका चलाउनेहरुले पनी सहर, बजारमा पुगेर मजदुरी काम गर्न निकै सजिलो भएको स्थानीय नवराज जोशिको बुझाई छ । बझाङको साईपाल गाउँपालिका बाहेकका सबै पालिकाहरुमा सवारीका साधनहरु संचालनमा रहेका छन् ।
यसरी सवारीका साधन संचालनमा भएपछी महिना दिन लगाएर गर्न सकिने कार्य १।२ दिनमा नै सम्पन्न गर्न सजिलो भएको छ । सवारीका साधन संचालनले समयको बचत संगै नागरीकहरुलाई निकै ठुलो राहात पुगेको स्थानीय बासिन्दाहरुको भनाई छ ।
जिल्लाको जयपृथ्वी नगरपालिका, बंगल नगरपालिका,विथ्थडचिर गाउँपालिका, केदारस्युँ गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, दुर्गाथली, थलारा, खप्तडछान्ना , सुर्मा, तलकोट र मष्टा गाउँपालिकाका स्थानीय बासिन्दाहरुले पनी सवारीका साधनहरुको प्रयोग गरेरै गोठेमललाई खेतबारी सम्म पसार्ने गरेका छन् । सवारीका साधनहरु संचालन पश्चात बारीमा उत्पादन भएको बस्तुहरुलाई बजार सम्म लिएर विक्री गर्नका लागी निकै ठुलो सहयोग पुगेको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बताए ।
अहिले कतिपय शाखा सडकहरुको स्तरोउन्नती गर्न सकिएको छैन । जसका कारण सवारी चालक तथा सवारी धनीहरुले महंगो भाडादरमा काम गर्नु परेको छ । नगरपालिकाले क्रमिकरुपमा शाखा सडकहरुको स्तर उन्नती गर्दै गएको बताए । शाखा सडकहरु राम्रो बनाउन सके अझै नागरीकहरुलाई ठुलो सहयोग पुग्ने बजालले जानकारी दिए । यसका लागी आफुहरु पनी लागी परेको बजालले बताए ।








































