
भेनेजुएलामा अमेरिकी आक्रमणपछि विकसित अन्तर्राष्ट्रिय घटनाक्रमका कारण पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। सोही क्रममा मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ थप बढेको छ।

समाचार तयार पार्दासम्म न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको मूल्य ०.६० प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ४६७ डलर ७७ सेन्ट पुगेको छ। कारोबारका क्रममा मंगलबार सुनको भाउ अधिकतम प्रतिऔंस ४ हजार ४६९ डलर ३५ सेन्टसम्म उक्लिएको थियो, जुन एक साताअघि बनेको कीर्तिमानी स्तर नजिक हो। डिसेम्बर २६ मा सुन प्रतिऔंस ४ हजार ५४९ डलर ७१ सेन्टको उच्चतम बिन्दुमा पुगेको थियो।
सोमबार कोमेक्समा कारोबार बन्द हुँदा स्पट गोल्ड २.५१ प्रतिशतले बढेको थियो भने फेब्रुअरी डेलिभरीको अमेरिकी गोल्ड फ्यूचर्स मंगलबार ०.३ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ४६५ डलर ७ सेन्ट पुगेको छ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने संकेत दिएका कारण पनि सुनको मूल्यलाई टेवा पुगेको विश्लेषण छ। मिनिपोलिस फेडका अध्यक्ष निल कश्कारीले महँगी घट्दै गएकाले ब्याजदर कटौतीको सम्भावना बढेको बताएका छन्। यसले लगानीकर्तामा उत्साह थपेको

































