पश्चिमी न्यूनचापीय प्रभावले मौसममा आंशिक बदली, तराईमा हुस्सु–कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। यस प्रणालीको असरका कारण तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो देखिएको छ, जसले जनजीवन र यातायातमा सामान्य असर पारेको छ।

CP Hospital Dhangadhi

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बादल लागेको छ भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

त्यसैगरी, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानमा हुस्सु कायम रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।