सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

आपसमा लडाएर राज गर्ने खास हुदोरहेछन्,
दुश्मनका उनैपनि कटपुतली दाश हुदोरहेछन्।
मौरीको महमा केके गुण हुन्छ केथाहा साथि,
उनिहरू त आफैमा गुणका रास हुदोरहेछन्।
साहित्यिक यात्रामा पद प्रमुख हुंदै होइन ला,
कुन्निकिन पदिय स्वार्थ धेरेको पास हुदोरहेछन्।
अप्ठारो छ साथि यही यात्रा पनि कसरी हिंडौं,
जो निस्वार्थ हिंड्छन् त्यही उपहास हुदोरहेछन्।
जानकारले सिकाउने र सिक्नुपर्छ सिकारूले,
त्यसो नहुंदा सबैको समयको नाश हुदोरहेछन्।
सधै सबै जानेको अभिनय गर्यो सिकेन केही,
थाहा पाई केगर्नु यी जिउंदा लाश हुंदोरहेछन्।

CP Hospital Dhangadhi

॥१॥

साच्चै यदि बिक्रीमा त्यो समसान भएपछि,
मृत्यु नभई केवल यो एउटा उखान भएपछि।
ग्रहाकको अग्रिम पङ्तिमा को हुन्थ्यो होला,
किन्नै पर्ने साच्चै सरकारको अडान भएपछि।
अचेल त कात्रो समेत लिलाम हुंदोरहेछ यहां,
त्यो थाहापाएं मैले आफै सावधान भएपछि।
क्रान्ति गर्नेहरूले सुनको लोगो बनाउन थाले,
कसको के लाग्दो रहेछ ऊ वेइमान भएपछि।
विद्रोह निरङ्कूश हुनसक्छ सहनसिलता टुटे,
आंधीको जन्म हुन्छ मन्भित्र तुफान भएपछि।
सधैं जस्तै संघारमै आएर फर्किने छैन क्रान्ति,
अवश्य सफल हुनेछ तिम्रो योगदान भएपछि।

nawajiwan

॥२॥

जनतालाई समश्याको देशलाई सरकार दिन्छन्,
सरकारले पनि समश्याको सधैं उपहार दिन्छन्।
जनताले त चुनाव जिताएर पुराउंछन् सिखरमा,
यो आसमा सरकारमा पुगेपछि रोजगार दिन्छन्।
विदेशी अतिक्रमणबाट मुक्त देश कसरी हुनथ्यो,
नेता आफै उनिहरूलाई भित्रिने आधार दिन्छन्।
असमान सन्धि सम्झौता खारेज त नारा मात्रै हो,
फर्शि लिएर खसी दिने आफैले इकरार दिन्छन्।
कहां ब्यापार कहां पारगमन बुझेर बुझ पचाउदा,
हाम्रै देशमा किन विश्वमा नियम अनुसार दिन्छन्।
छिमेकीहरू मिले कति खुसहाल हुन्थ्यो देश सबै,
समान व्यवहार र आपसमै निस्वार्थ प्यार दिन्छन्।

॥३॥

Attariya Hospital
अब सरकारले यात्रु माथि प्रहार गर्ने भयो,
घुमाईफिराई कर्मचारीलाई उद्धार गर्ने भयो।
बिजन खै दुर्घटना रोक्ने,योजना धन बटुल्ने,
महंगी उस्तै छ नागरिक नै व्यापार गर्ने भयो।
केही महिनामै कति फर्क देखिएको छ देश,
नागरिकको कम्जोरिमा कारोबार गर्ने भयो।
गरिबी होइन गरिबमारा बन्ने अभ्यास गर्दै छ,
यातायात भित्र आर्थिकको सुसार गर्ने भयो।
नागरिकले विदेशमा पशिना बगाएर किन्छन्,
वहान अब त्समै कारोबार सरकार गर्ने भयो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८