सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
चिल्ला कुरा गर्ने त दलाल उमिदवार पनि हुनसक्छ,
बुद्धी पुराउन नसके यही देश बिहार पनि हुनसक्छ।
CP Hospital Dhangadhi
चुनावमा हार होला वा जित होला त्यो छुट्टै कुरा हो,
फेरी पनि उस्तै मिली जुली सरकार पनि हुनसक्छ।
यो बबुरोले एउटा यही बुझ्न सकेन बुझाई देऊ कुरा,
हिंजो विद्रोह गर्यो के देशको हकदार पनि हुनसक्छ।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
भनेकै थिए पाखा लगाउँ राजनीति भ्रष्टाचारी बन्यो,
तर पार्टी खोले उनै विदेशीसँग करार पनि हुनसक्छ।
झुट बोल्छन् उनिहरू साम्राज्यवादीका गोटी बनेका,
यो चालाले सिक्किम बनेको समाचार पनि हुनसक्छ।
जनता सचेत रहनु है मत दिंदा विवेकसिल बन्नुहोला,
हाम्रो अमूल्य मत दुश्मनको हतियार पनि हुनसक्छ।
॥१॥

मुस्कुराउँछन् कसरी खोसेर अधिकार आफै,
गर्न्छन् समाजभित्र कु क्रमका व्यवहार आफै
मानव भन्छन् गर्छन् व्यवहार पशुको जस्तो,
छुन नसक्ने मन् गर्छन् हुँदैन असरदार आफै।
समाज बदल्नेहरू झुक्दैनन् कसैको दवावमा,
उठाई कूंद्छन् जहिले मैदानमै हतियार आफै।
यो देशको माटोमा जन्मिएका हुर्किएका हामी,
चारेका होइनौं खुसिले नेपाली यो संसार आफै।
गर्छन् असमान संधि र सम्झौता शाशकहरू ले,
बन्छन् नेता बफादार अनि गर्छन् व्यापार आफै।
खुला हुन्छ सिमाना वेरोकटोक आवागमन हुँदा,
अपराधी पनि आउने जाने गर्छन् तारबार आफै।

॥२॥

सङ्कटमा छ देश मन्त्री आलोपालो नबनाउँ
देशभक्त बनौँ सबै विदेशी गोठालो नबनाउँ।
बिक्रीभए कण्ठमूल र झिकि सके ढुङ्गा मुडा,
उँभो लाग्ने बेलामा यसरी भिरालो नबनाउँ।
एउटा दियो बालौँ हामी उज्यालो बनाउँ घर,
स्वार्थ पुरागर्न देश माकुराको जालो नबनाउँ।
अचानो बनाएकै छन् साम्राज्य कायम राख्न,
टुक्रा टुक्रा पारी देश दुश्मनको टालो नबनाउँ।
नेता छान देशभक्त पौरखि भिजन विकासको
रूप रङ्ग जस्तै भएपनि मनको कालो नबनाउँ।
यो देश जनताको पनि हो जो देशभक्त हुन्छन्,
सचेत देशको नाइके विदेशीको सालो नबनाउँ।

॥३॥

हियामा दर्द आँखामा समुन्दर छ उस्तै,
जिउँदो लाश भएर जिउने रहर छ उस्तै।
पठायौँ जसलाई शुरक्षा गर्न यो देशको,
सुकायो खोला र बिक्रीमा बगर छ उस्तै।
हिमालयको काखमा स्वर्ग तुल्य देशमा,
ढुकेको साम्राज्यवादीको नजर छ उस्तै।
अमानविय तरिकाले हत्या गर्छ हत्यारा,
संसारमा खौफ फैलाउने खबर छ उस्तै।
हुरी चलेको छ बिषालु बतास उतैको छ,
किन देशका सन्ततिलाई वेअसर छ उस्तै।
रित्तायो देश र युवा बिहिन बनायो उसैले,
व्यवस्था विदेशी आयातमै निर्भर छ उस्तै।

॥४॥

पश्चिमको बतासले झन ठूला भारी बोकायो,
थियो गनतव्य कता आवारा सवारी बोकायो।
उत्पादननै नभएको देशमापनि आए सौदागर,
खरानी पारेर बिक्रीगर्न देश व्यापारी बोकायो।
स्वास्थ थियो समाज खान्की थियो दही दुध,
गए नेताहरू उता विदेशीले बिमारी बोकायो।
जुन सरकार आएपनि पाएन देशले निकास,
असमान संधि सम्झौता देश नितारी बोकायो।
अतिथि देवोभवो भन्दै आएकाहरू सबैलाई,
खोला बोकायो काठ, ढुङ्गा ओसारी बोकायो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ 

Dhnagadhi & Krishanapur