राष्ट्रपति पौडेलले गृहमन्त्री अर्यालको राष्ट्रिय सभा सदस्य नियुक्ति रोक्दै, नयाँ सरकार र अदालतको निर्णय कुर्ने

Image
Nisarga Hospital

राष्ट्रपति रामचन्द्र पौडेल ले गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने मन्त्रिपरिषद्को सिफारिस रोकेका छन्। राष्ट्रपति कार्यालयका अनुसार रोक लगाउने मुख्य तीन कारण छन्।

CP Hospital Dhangadhi

पहिलो, अर्याल हाल गृहमन्त्रीको पदमा बहाल छन्, जुन संविधानको धारा ८७ अनुसार “लाभको पद” मानिन्छ, जसमा रहेका व्यक्तिले राष्ट्रिय सभा सदस्य बन्न पाउँदैनन्। दोस्रो, नयाँ सरकार बन्ने चरणमा भएकाले आगामी सरकारको राय लिनु आवश्यक ठहरिएको छ। प्रतिनिधिसभा सदस्यको शपथ चैत १२ र नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते तय भइसकेको अवस्थामा राष्ट्रपति नयाँ सरकारको सिफारिसको अपेक्षा राखेका छन्।

Attariya Hospital

तेस्रो, अर्यालको नियुक्ति सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुन्छन्, जसमा हाल रिक्त स्थानमा नयाँ सदस्य नियुक्ति नयाँ सरकार आएपछि मात्रै सम्भव हुने छ। राष्ट्रपति कार्यालयले यस प्रक्रिया संवैधानिक, राजनीतिक र न्यायिक आधारमा होल्ड गरिएको स्पष्ट पारेको छ।

nawajiwan