अन्ततः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ !

Image
Nisarga Hospital

अन्ततः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, समाचार कमेन्टमा …

CP Hospital Dhangadhi

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको प्रहरी टोली निवासमा प्रवेश गरी ओलीलाई नियन्त्रणमा लिएको हो।

nawajiwan

प्रहरी टोली रातिदेखि नै आवश्यक कागजातसहित गुण्डु क्षेत्रमा परिचालन गरिएको थियो। सुरक्षा निकायको कडा घेराबन्दीबीच निवासमा प्रवेश गरी उनलाई पक्राउ गरिएको जनाइएको छ।

Attariya Hospital

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार भनेको छ ।

जेनजी प्रदर्शनको क्रममा ७६ जनाको मृत्यु भएको थियो ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।