पश्चिमी न्यून चापीय प्रणाली सक्रिय : देशभर बादल, वर्षा र हावाहुरीको चेतावनी

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले अहिले अधिकांश क्षेत्रमा सामान्यदेखि घना बादल लागेको अवस्था रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा अन्य तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

Attariya Hospital

त्यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा हावाहुरीको जोखिम पनि रहेको महाशाखाले जनाएको छ। यसले दैनिक जनजीवन र कृषि कार्यमा असर पार्न सक्ने देखिएको छ।

nawajiwan

आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्र तथा अन्य प्रदेशका उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
महाशाखाले चट्याङ्ग, हावाहुरी र वर्षाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको