आज आमाको सम्मानमा ‘मातातीर्थ औँसी’: श्रद्धा, सेवा र स्मरणको पर्व

Image
Nisarga Hospital

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ। सन्तानहरूले जन्मदात्री आमाप्रति भक्ति प्रकट गर्दै मीठा परिकार खुवाउने, नयाँ वस्त्र लगाइदिने र आशीर्वाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ।

CP Hospital Dhangadhi

शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा रहन्छिन्। बिहानै स्नान गरी आमालाई खुसी बनाउने र सेवा गर्ने चलन यस दिन विशेष रूपमा देखिन्छ। आमा नभएकाहरूले भने तर्पण, पिण्डदान र पुरोहितलाई सिदा दान गर्दै दिवङ्गत आमाको आत्माको शान्तिको कामना गर्छन्।

Attariya Hospital

वैदिक वचन ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ले आमा र जन्मभूमिको महत्त्वलाई उच्च रूपमा व्याख्या गरेको छ। धर्मशास्त्रविद्हरूका अनुसार सन्तानलाई गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको स्थान अत्यन्तै महान मानिन्छ।

nawajiwan

यस अवसरमा काठमाडौँको चन्द्रागिरि–स्थित मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ। यहाँ मातृविहीनहरूले स्नान गरी तर्पण अर्पण गर्दै आफ्नी आमाको सम्झना गर्ने धार्मिक परम्परा रहेको छ।

Advertize US