
बैतडीको सिगास गाउँपालिका–८ लुपुणस्थित सिम सानिगाडा खोला नजिकै ट्याक्टर दुर्घटनामा परी २७ वर्षीय लोकेन्द्र बोहराको ज्यान गएको छ। दुर्घटनास्थल नजिकै उनको शव फेला परेको प्रहरीले जनाएको छ।


दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गर्दै कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।






























