
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन्।

उनका अनुसार खेलकुद पूर्वाधार विकास, प्रतिभा पहिचान र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशको सहभागिता बढाउने उद्देश्यले उक्त बजेट छुट्याइएको हो। सरकारले खेलकुद क्षेत्रलाई युवाको क्षमता विकास र रोजगारी सिर्जनासँग जोड्ने नीति लिएको छ।

अर्थमन्त्री वाग्लेले खेलकुद क्षेत्रको आधुनिकीकरण र व्यवस्थित विकासमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको बताए।
































