फाइनल प्रवेशको लक्ष्यमा नेपाल–ओमान भिडन्त, कुशल भुर्तेलको फर्ममा नजर

Image
Nisarga Hospital

एसिया कपमा स्थान सुरक्षित गरिसकेको नेपालले एसियाली खेलकुद छनोट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज ओमानसँग महत्वपूर्ण खेल खेल्दैछ। खेल सिंगापुरमा नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको नेपाली टोली लगातार उत्कृष्ट प्रदर्शनसहित फाइनलतर्फ अग्रसर छ। ओपनर कुशल भुर्तेलको लगातार दुई शतकले नेपालको जित यात्रा मजबुत बनेको छ। नेपालले पहिलो खेलमा चीनलाई २२१ रनले र दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको थियो।

Attariya Hospital

समूह ‘बी’ बाट ओमान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। ओमानले सिंगापुरलाई ७ रन र बहराइनलाई २० रनले पराजित गरेको थियो भने हङकङसँग १५४ रनले पराजित भएको थियो।

nawajiwan

यस प्रतियोगिताबाट नेपाल, हङकङ, ओमान र मलेसिया पहिले नै एसियाली खेलकुदका लागि छनोट भइसकेका छन्। आजको खेल फाइनल प्रवेशका लागि निर्णायक बन्नेछ, जसले दुवै टोलीको आत्मविश्वास र रणनीतिमा महत्वपूर्ण प्रभाव पार्नेछ।