गोदावरीमा प्रथम मेयर कप महिला फुटबल सुरु, १२ टिम प्रतिस्पर्धामा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा प्रथम मेयर कप खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ। सैपाल युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले गरेकी हुन्।

CP Hospital Dhangadhi

उद्घाटन कार्यक्रममा उपप्रमुख रोकायाले महिला खेलाडीलाई प्रोत्साहन आवश्यक रहेको बताउँदै खेलकुदमार्फत क्षमता विकाससँगै राष्ट्रिय पहिचान र आर्थिक अवसरसमेत प्राप्त गर्न सकिने उल्लेख गरिन्। उनले महिला खेलकुद कार्यक्रम अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्।

क्लब अध्यक्ष रमेश बोगटीले आर्थिक स्रोत अभावका कारण खेलकुद आयोजना चुनौतीपूर्ण बनेको बताए। उनले स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

nawajiwan
Attariya Hospital

प्रतियोगितामा कैलालीका १२ वटा टिमको सहभागिता रहेको छ। विजेता टिमले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ।

आयोजकका अनुसार उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ। “महिला खेलाडीको सम्मान, स्वस्थ समाज निर्माणको अभियान” भन्ने नारासहित सुरु भएको प्रतियोगिता जेठ ३० गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा गोदावरी नगरपालिकाको मुख्य सहयोग रहेको छ भने विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले समेत सहयोग गरेका छन्। आज उद्घाटन खेल भजनी र बागमारा क्लबबीच सम्पन्न भएको छ।