आज असार १५ विशेष: धान दिवससँगै दही–चिउराको स्वाद, परम्परा र किसानको पसिना

Image
Nisarga Hospital

प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपाइँ, दही–चिउरा खाने परम्परा र विभिन्न सांस्कृतिक कार्यक्रमसहित उल्लासपूर्वक मनाइँदै छ।

CP Hospital Dhangadhi

कृषिप्रधान नेपालको कृषि संस्कृति, किसानको मेहनत र खाद्य सुरक्षाको महत्वलाई उजागर गर्ने दिनका रूपमा असार १५ लाई विशेष रूपमा लिने गरिन्छ।

आज किसानहरू खेतमा रोपाइँ गर्दै असारे भाका गाउँछन् भने कामको थकान मेटाउन दही–चिउरा खाने चलन पनि व्यापक छ। दही–चिउराले शरीरमा शीतलता र ऊर्जा प्रदान गर्ने विश्वास रहिआएको छ। खेतीपातीमा संलग्न नभएका मानिसहरूले पनि यो दिन दही–चिउरा खाएर पर्व मनाउने परम्परा छ।

nawajiwan

नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्य, यात्रा वा नयाँ कामको सुरुआतअघि दही सगुनका रूपमा खाने चलन अझै कायम छ। आयुर्वेदले पनि दही र त्यसबाट बनाइने मोहीलाई पाचन प्रणालीका लागि लाभदायक मानेको छ। पखालालगायत केही स्वास्थ्य समस्यामा दही–चिउरा उपयोगी हुने विश्वास पनि समाजमा रहिआएको छ।

Attariya Hospital

नेपाल सरकारले विसं २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। त्यसयता यो दिन कृषि उत्पादन बढाउने, किसानको सम्मान गर्ने र कृषि प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने अवसरका रूपमा स्थापित हुँदै आएको छ।

यद्यपि, यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाइँ अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। कतिपय किसानले रासायनिक मलको अभावको गुनासो गरेका छन्। तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक रासायनिक मल पर्याप्त मौज्दातमा रहेको जनाएको छ।

परम्परा, संस्कृति, स्वास्थ्य र कृषिलाई एकै सूत्रमा बाँध्ने असार १५ नेपाली समाजको मौलिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ।