
बिना स्वार्थ सहयोग अद्या आथिन कसैका दाइभाई पन
नान दूधो तोपो लगै पत्युउनै हल्याबरे दिन्याहुन गाई पन

इन मान्छ्या पन खुबै हेप्दा नभयाले खल्तिउन सुको पैसा
पैसाटाका भयाले खुसाई खन्या हन मल्काई मल्काई पन
अफ्नाई पिर चिन्ताले दिक्क भयाछु अरु को क्या धानु अद्दु
काँछै ला क्या गच्छै, क्या कसो छ कहिलै सोध्या मुलाई पन


मु सँग भयाकी कुठिमुठी केइदिन फाईदा लुट्ट सम्म लुट्या
आब सकियो सहयोग हुनैन तबै मु लाग्द पस्या झाई पन
तमि बाहिरकाले हेरेईन भनन्छ ,मलाई उइले सम्म हेरेइन
जैलाई मैले बर्षौँ पाल्याको छिया आफू खाई नखाई पन
पारस भट्ट प्यासी —
































