नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणपछि ६८ चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवासमेत प्रभावित

Image
Nisarga Hospital

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोड घटनापछि अस्पतालको सेवा प्रभावित भएको छ। सुरक्षाको प्रत्याभूति नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् भने आन्दोलनका क्रममा आकस्मिक सेवासमेत प्रभावित भएको छ।

CP Hospital Dhangadhi

गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए। त्यसपछि दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न चिकित्सकहरूले माग गर्दै आएका छन्।

चिकित्सकहरूका अनुसार घटनाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले त्यहाँ पनि अपमानजनक व्यवहार र दुर्व्यवहार भोग्नुपरेको थियो। वार्ताका क्रममा नेपाल चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीबारे प्रश्न उठाएपछि वातावरण तनावग्रस्त बनेको उनीहरूको दाबी छ।

nawajiwan
Attariya Hospital

चिकित्सकहरूले प्रशासनले अपशब्द प्रयोग गरेको, प्रहरीमार्फत नियन्त्रणमा लिएको, मोबाइल फोनसमेत खोसेर केही समय नियन्त्रणमा राखिएको आरोप लगाएका छन्। यस्ता घटनापछि सम्मान र सुरक्षाको वातावरण नरहेकाले सामूहिक राजीनामा दिन बाध्य भएको उनीहरूको भनाइ छ।

चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उता नेपाल चिकित्सक संघले देशव्यापी ओपीडी सेवा बन्द गर्ने निर्णय गरेपछि उपचारका लागि अस्पताल पुग्ने बिरामी प्रत्यक्ष प्रभावित भएका छन्।