
भयो भयो हामी आजसम्म धेरै बोलियो ,,
एउटै गाउँमा बसियो एउटै गाउँमा खाइयो!
आफ्नो कर्म गरेर खाइयो!
न मैले तिमिलाइ खुवाए,
न तिमिले मलाइ खुवायौ!
,मेहेनत ले खुवायो!
तर तिम्रो हाम्रो रिस सधैं बढ्दै गयो
भयो भयो अब हाम्रो दोपानी भयो!!
तिम्रो हाम्रो ग्रह दसाले चित्त दुखायो ,
तिमिलाइ नि रुवायो मलाइ नी रुवायो!
तिम्रो परिवारलाइ नि रुवायो,
मेरो परिवारलाइ नि रुवायो!
भयो भयो अब हाम्रो दोपानी भयो!!

म मूर्ख हो ठिकैछ मैले
म लड्न भिड्न हुन्न विद्वान सँग
न बोल्नु अब म सँग
न बोल्नु मेरो आमा सँग
न बोल्नु मेरो घर परिवार सँग
नाक भए माफ माग्नु भगवान सँग
नाक नभए फेरि चिल्लो घस्नु
मेरो परिवार सँग
मीठो बोले जस्तो गरि
हे ईश्वर हे हरि ,,
तिमी छौनी मुल्यांकन गर्नु ,,
अब त म तिम्रो कोहि
आफन्त मर्दा मलामी जाने छैन,
बिहे हुदा जन्ती जानेछैन्
भोज खाने छैन !
कस्तो कस्तो पीडा हुँदा त नरोएको म
सम्हालिएर बसे रोए न
दुनियालाइ हँसाइ रहे
तिमिले रुवायौ तिम्रो परिवारले रुवायो !
मेरो चित्त दुखायो
मलाइ सारै चिन्ता भयो,
भयो भयो हाम्रो दोपानी भयो!
दोपानी ,दोपानी ,दोपानी
हामी कसरी गर्ने भने मन लाग्दैछ?
केही राम्रो कुरा मनमा जाग्दैछ ?
ल भन माफ माग्छौ कि नाइ?
म सँग मेरो परिवार ,
इष्टमित्र सँग
आफ्ना कर्तुत संग
षड्यन्त्र रच्ने त्यो चरित्र संग
समाउ समाउ खुट्टा
समाउ मेरो , माफी दिने छु!
नत्र भयो हाम्रो दोपानी
भयो मनका लिने छु!
कट्टि कट्टि कट्टी
दोपानी दोपानी दोपानी




” गाउँ समाज ”
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी
































