३५ हजारको राहातले जीविका चलाएकी एकल महिला ‘कौसिल्ला र दुरा’

Image
Nisarga Hospital

बझाङः श्रीमानको निधन भएको ८ बर्ष भयो । परिवारको लालनपालन गर्नका लागी भारतमा रोजगारी गर्न गएका बुंगल नगरपालिका वडा नम्बर ९ मा कौसिल्ला कामीमा श्रीमान तारा कामी भारत मै अस्ताए । कौसिल्लाले आफ्नो श्रीमानको लास समेत देख्न पाउनु भएन । श्रीमानको कसरी मृत्यु भयो ? उनले जानकारी सम्म पनी पाईनन् । जेठो छोरा २ बर्षको हुँदा उनको कान्छो छोरा गर्भमै थियो । त्यतीबेला नै उनका श्रीमानको निधन भयो । उनले श्रीमानको निधन भएको खबर मात्रै सुनिन् । गाउँका छिमेकीहरु र उनिहरु संगै भारतमा रोजगारीगर्न गएकाहरुले उनको भारतमै दाहसंस्कार गरीदिए । श्रीमानको निधन पछी छोराहरुको र घरको सम्पुर्ण जिम्मेवारी कौसिल्लाकै काँधमा आयो । अहिले जेठो छोरा सम्रित कामी १० बर्षको भयो ।

CP Hospital Dhangadhi

नजीकैको स्कुलमा ३ कक्षामा अध्यन गर्दैछ । उनका कान्छो छोरा ८ बर्षिया कपिल २ कक्षामा छन् । बसोबार रहेको घर र जमिन पनी उनिहरुको नाममा छैन । धन्न छिमेकीले जमिन दिएका छन् र उनिहरुले ओत लाग्ने ठाउँ पाएका छन् । खेती योग्य जमिन नभएका कारण उनले अर्काको घरमा गएर रोजगारी गरेर, वा कसै संग मागेरै भएपनी २ छोरा र आफ्नो गुजरा चलाउदै आएकी छिन् । कति दिन त छोराहरु र आफु भोक भोकै बस्नु परेको उनि बताउन्छिन् । एक छाक खानको जोहो गर्नका लागी दिन भरी भौतारीनु पर्ने हुन्छ । कि काम खोज्नु पर्ने कित कसैको घरको काम गरेर भएपनी एक छाकको जोहो गर्नु पर्ने अवस्था उनको छ । नयाँ नौलो कपडा लगाउने चाहाना सबैलाई हुन्छ । तर खानाका लागी भौतारीनु पर्ने भएका कारण शरिरमा लगाउने न्यानो र नयाँ कपडा उनका लागी सपनाको कुरो जस्तै बन्छ ।

nawajiwan

उनले यसरी ४ बर्ष विताईन् । श्रीमानको निधनपछी उनको दैनिकी अरुको घरमा गएर काम गर्ने, कहिले मजदुरी गरेर भएपनी विहान बेलुकाको एक छाकको जोहो गर्नुपर्ने बाध्यता थियो । गाउँघरमै केही ब्यापार ब्यावसाय गर्नका लागी उनी संग आर्थिक थिएन । समस्या नै समस्याले थिचिएकी कौसिल्लालाले भनिन्, ‘अहिले सानो रुपमा भएपनी राहात भएको महसुस गरेकी छु । ४ बर्ष अघि यस वडामा दलित सहयोग समाज मार्फत लागु भएको समान ब्यावहार परियोजनाले मलाई जीविकोपार्जनका लागी ३५ हजार मुल्य बराबरका २ वटा बाख्रा उपलब्ध गरायो । यो सानो सहयोग मार्फत आफुले ठुलो उपलब्धी देखाउन समेत सफल भएको बताईन् । उनि भन्छिन्,‘समान ब्यावहार परियोजना मार्फत पाएको २ वटा बाख्रा बाट ४ बर्षको अवधिमा बाख्रा, बोका र खसी गरेर १५ वटा विक्री गरी सके । अहिले पनी बाख्रा र पाठा गरेर जम्मा ५ वटा छन् । यसरी बाख्रा ब्याउदै पाठा विक्री गरेर छोरा छोरीको कापि कलमको खर्च र सामान्य घरायसी खर्च चल्ने गरेको छ । उनले अझै बाख्रा राहात पाउने अपेक्षा गर्दै आफुलाई जीविका चलाउन य िपाएका बाख्राले निकै ठुलो सहज भएको बताईन्’।

Attariya Hospital

यस्तै बुंगल नगरपालिका वडा नम्बर ११ की एकल महिला दुरा साउद बोहराको अवस्था पनी उस्तै छ । २६ बर्षको उमेर एकल भएकी दुराको साथमा ढाई बर्षको छोरा छ । श्रीमानको निधन पछी दुराको घरायसी काममा नै ब्यास्त भईन । श्रीमानले गाँउ नजीकै स्थापना गरेको पसल पनी बन्दभयो । भएको सबै सामान सकिएपछी र केही सामान उधारो गएपछी उनले पसल बन्द गर्नु पर्यो । घरका अन्य परिवारका सदस्यको आयस्रोत केही पनी नभएपछी घर खर्च चलाउन पनी उनलाई समस्या हुन थाल्यो । परिवारको जेठी बुहारी भएका कारण घरको धेरै जस्तो जीम्मेवारी आफ्नो काँधमा आएको बताउदै दुराले भनिन्, ‘घरमा आयस्रोत केही पनी नभएपछी हामी सबैलाई समस्या थियो । साबु सोडाका लागी पनी समस्या खेप्नु पर्ने बाध्यता आइलाग्यो ।

धन्न दलित सहयोग सामाज मार्फत लागु भएको समान ब्यावहार परियोजनाले आफु लगायत गाउँका अन्य महिलाहरुका लागी सिलाई कटाईको तालिम र मेसिन समेत उपलब्ध गरायो । त्यसैमा थप ३५ हजार मुल्य बराबरको विभिन्न दैनिक उपभोग्यमा सामान खरिद गरेर उपलब्ध गराएपछी पसललाई पुन संचालन गर्न सफल भएको बताईन् । अहिले दैनिक उपभोग्यमा सामान सहितको पसल, पसल संगै सानो चिया नास्ता पकाउने होटेल र पसलमा नै सिलाई कटाईको मेसिन समेत राखेर जीविका चलाउन निकै सहज भएको बताईन् । साथै उनले यो ठुलो सहयोगका लागी दलित सहयोग समाज मार्फत लागु भएको समान ब्यावहार परियोजनालाई धन्यबाद समेत ज्ञापन गरीन्’।

यो परियोजना बुंगल नगरपालिकाको वडा नम्बर ९ , १० र ११ मा लागु भएको दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालीले बताए । आर्थिक रुपमा शशक्त बनाउनका लागी परियोजनाले काम गरी रहेको, परियोजना संयोजक भिम रसाईलीले बताए । उनले भने, ‘परियोजनाले आर्थिक र सामाजीक रुपमा शशक्त बनाउनका लागी समाजमा रहेका अतिविपन्न, गरीब जेहेन्दार, दलित एकल महिला तथा अन्य ब्यक्तीहरुलाई विभिन्न सिप मुलक तालिम संगै विभिन्न क्षमता अभिबृद्धीका तालिम तथा गोष्ठि, विभिन्न सामाग्री पनी सहयोग गर्दै आएको बताए’ ।