बझाङका ग्रामिण बस्तिहरुमा हिड्ने बाटाहरु पिसिसि

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

बझाङः आज भन्दा ६ बर्ष अघि गाउँ नजीक पुग्ने वित्तीकै दिसापिसाबको गन्धले बाटोमा हिड्न समेत धौ धौ हुन्थ्यो । पानी परेको दिन त झन घर बाट बाहिर निस्कन नपाए हुन्थ्यो जस्तै लाग्थ्यो । बाटो भरी झारपात देखी लिएर मानिसले समेत बाटोको छेउछाउमा दिशापिसाब समेत गर्थे । गाउँ बस्ति नजीक आए संगै नाक थुनेर हिड्नु पर्ने बाध्यता हुन्थ्यो । गाउँ आयो गु (दिशा) आयो । भन्ने उखान साँच्चै सावित बनेको थियो । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ समाजसेवि भिम बहादुर रोकायाले भने , ‘अहिले पनि त्यो दिन सम्झदा पनी आँङ (शरिर) जिरिङ्ग गर्छन् । गाउँ घरका आगन देखी बाटाहरु यती चिटीक्क परेको देख्न पाईएला भन्ने उनले कल्पना सम्म पनी गरेका थिएनन्’ ।

nawajiwan

आफ्नै आँखा अघि सबै बाटाहरु चिटिक्क परेको देख्दा उनि अहिले दंग हुदै भन्छन् । ‘पहिला पानी परेको दिन बाटोभरी हिलै हिलो हुन्थ्यो । जुन दिन पानी परेन मौसम सुख्खा रह्यो । त्यो दिन धुलो मात्रै हुन्थ्यो । हिउदमा धुलाम्य र बर्खामा हिलाम्मे हुने बाटाहरु अहिले पिसिसि बनेका छन् । बाटो छेउछाउका झारहरु सबै बाटोमा आएका हुन्थे । राती काम बाट घर फर्कने क्रममा साँघुरो बाटो हुने हिलो भएको ठाउँमा लडेर समेत आईन्थ्यो । कती दिन त म आफै दाउरा र घाँसको भारी संग लडेको छु । म मात्रै हाईन । बाटो अफ्टेरो भएकै कारण सबै जना लडेका छन् । तर अहिले फराकीलो बाटो छ । लड्ने डर पनी हुदैन । पहिलाको जस्तो फोहोर र हिलाम्मे होला भन्ने जस्तो पनी छैन । सबै बाटाहरु चिटिक्क छन् । साँच्चै स्थानीय सरकारले काम गरेको अनुभुती भएको छ । बाटो बनाएका छन् । खानेपानी बनेका छन् । सिचाई, तटबन्धन , सडक, विउ विजन देखी विभिन्न प्रजातीका विरुवा पाईएको भन्दै उनले स्थानीय सरकारको प्रसंसा गरे’।


उनको जस्तै अनुभव खप्तडछान्ना गाउँपालिका र ४ का ऐन बहादुर रोकाया पनी छ । गाउँका विवाह हुँदा वा सामुदायिक काम हुँदा मात्रै गाउँका बाटाहरु सफा गर्ने परम्परा थियो । गाउँका बाटा सफा गर्ने काम सबै महिलाहरुले नै गर्थे । अहिले पहिलाको जस्तो गाह्रो हुदैन । पहिला नाकमा रुमाल वा कपडा बेरेर हातमा कपडा बेरेर झाडुले सफा गर्नु पथ्र्यो । टोल सफा गर्दा पनी एक दिन पुरा लाग्थ्यो । तर अहिले भने केही समयमा नै सफा गर्न सकिने भएकाले पहिले भन्दा अहिले धेरै परिवर्तन भएको बताए ।

यता जिल्लाको मष्टा गाउँपालिकामा पनी बाटा घाटा चिटिक्कै बनेका छन् । वपडा नम्बर ४ भातेखोलाका अग्निराज जोशिलाई घर बाहिर जान र मेलापात गर्न तथा अन्य काम विषेशले घर बाट बाहिर जानका लागी चिन्ता हुन थाल्थ्यो । काम सम्झेर हैन, गाउँको गोरेटोको बाटोको हिलो सम्झिएर । वर्षा लागेपछि समयमा उहाँको घर आँगनदेखि सबैतिरको बाटोमा हिलो नै हिलो हुन्थ्यो । हिलोकै कारण बाहिर हिँड्न निकै गाह्रो थियो ।

Attariya Hospital


तर अहिले बाटोको अवस्था फेरिएको छ । सँगै अग्निराजको चिन्ता पनि सकिएको छ । स्थानीयका घर, आँगन र गोरेटो बाटो राम्रो भएको छ । ‘पहिले त कुनै काम विषेशले बाहिर निस्कदा हातमा छाता, लौरो लिएर जानु पर्थ्यो, ज्यानमा लगाएको लुगामा हिलोले लतरपतर भैहाल्ने, कति पटक त हाफ पाइन्ट लगाएर निस्कनु पर्ने बाध्यात्मक अवस्था हुन्थ्यो। तर अहिले मेरो यो झन्झट सकिएको छ,’ अग्निराज जोशिले खुशी हुँदै भन्नुभयो ।

उनि मात्रै होईन उनि भन्दा बढी यो गाउँका बुढा पाका र महिलाहरु बढी खुःसी भएका छन् । पशुचौपाय चराउन जाँदा, मेलापात बाट घाँस काट्न जाँदा र दाउरा तथा घाँसपात लिएर फर्कीदै गर्दा उनिहरुले निकै सास्ति खेप्नु पथ्थ्यो । साँघुरो बाटो हुने गाउँभरी हिलाम्मे हुने । दाउरा वा घाँसको भारी संगै हिलोमा लडेर चोटपटक समेत लाग्थ्यो । गाउँकै जयलक्ष्मि जोशिको त लडेर खुट्टा नै भाँचियो । मष्टा गाउँपालिका– ४ अध्यक्ष उत्तम जोशिले भने ‘मेलापात बाट घाँस लिएर घर फर्कीदै गर्दा हिलोमा लडेर उनको खुट्टा भाँचियो । धेरै खर्च पनी भयो । उहाँको त ठुलो चोट हो । यस्तै स साना चोट पटक लागेका त गाउँमा धेरै छन् । दाउरा तथा घाँसको एक भारी छिर्ने पनि बाटो थिएन । गाउँ जाने साँघुरो बाटो थियो । दाउरा घाँस तथा अन्य भारी लिएर जाँदा यता उति लाग्थ्यो । तर अहिले त्यस्तो छैन । गाउँपालिकाले ६ लाख बजेट विनियोजन गरेर गाउँमा जाने बाटो निकै फराकिलो बनाएका छौ । गाउँलेहरुले पनी श्रमदान गर्नु भएको छ । अहिले साँघुरो बाटो फराकीलो पारेर गाउँमा नै एम्बुलेन्स छिर्ने सम्म बनाउन सफल भएका उनले बताए’।


यता थलारा गाउँपालिकाका प्राइ धेरै जस्तो वडाहरुमा कंकिरीट सहितका बाटा निर्माण भएका छन् । थलारा गाउँपालिका भरीका टोलका बाटाहरु पिसिसि हुनेक्रम जारी रहेको थलारा गाउँपालिकाका ईन्जिनियर संगीत रोकायाले बताए उनले भने, ‘वडा नम्बर १ देखी ९ सम्म भएका सबै टोलहरु जाने मुख्य बाटाहरु पिसिसि हुने काम जारी छ । कतिपय टोलहरुमा सम्पन्न भै सकेको छ । स्थानीय सरकार भए देखी नै प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तरगत यस्ता कार्यक्रमहरु अघि पालिकाले बढाएको बताए’।


यस्तै यता सुर्मा गाउँपालिका वडा नम्बर २ को डोगडीमा समेत सबै बाटाहरु पिसिसि बनेका छन् । विद्यालय जाने बाटो देखी पानीको धारा तथा सार्वजनिक स्थल हुदै प्रत्यकको घर आगन अघिको मुख्य बाटाहरु पिसिसि भएको सुर्मा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र बहादुर बोहराले बताए । स सानो साँघुरा बाटा हुन्थे । ती बाटाहरु फराकीला गर्दै अहिले पिसिसि समेत बनाएको बताए । सुर्मा गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले भने ‘ आफुले गाउँ घरका गोरेटो बाटो मात्रै नभई महिला दिदि बहिनीहरुको घाँस दाउरा गर्न जाने बाटो समेत पिसिसि गरेको बताए । उनले तल्लोटुण भन्ने ठाउँमा घाँस काट्ने क्रममा ३ जना कलिला महिलाहरुले अकालमा ज्यान गुमाएको बताउदै, त्यो ठाउँमा बाटो साँघुरो र अफ्टेरो भएका कारण घाँस र दाउराको भारी संगै लडेर मृत्यु हुने गरेको बताए । हामीले त्यो ठाउँमा समेत पिसीसी गरेर गोरेटो बाटाहरु सहज र सजीलो संग ओहोर दोहोर गर्न सक्ने तरीकाले निर्माण गरेका छौ’।


यि पालिकाहरुमा मात्रै नभएर जिल्लाको छविसपाथिभेरा,दुर्गाथली, केदारस्युँ गाउँपालिका लगायतका स्थानीय तहहरुले गाउँ र टोलका बाटाहरु पिसिसि गरी नागरीकलाई थप सहज बनाएको जिल्ला समन्वय समितीका संयोजक नर बहादुर बोहराले बताए । उनले भने ‘यसरी बाटाहरु पिसिसि हुँदा यहाँका महिलाहरुलाई ठुलो राहात पुगेको मैले पाएको छु । हाम्रो बझाङको परिपाटी अनुसार अहिले पनी पानी ल्याउने घाँस दाउरा गर्ने अथवा घरायसी काम सबै महिलाहरुकै काधमा छ । पानी ल्याउदा होस् वा घाँस दाउरा गर्दा होस् बाटो अफ्ठेरोकै कारण चिप्लेर लड्ने र कतीपयको त अकालमा समेत ज्यान गुमाउनु पथ्र्यो । तर अहिले स्थानीय तहहरुमा प्राय पिसिसि बाटो जुनसुकै गाउँमा गएपनी देख्न पाईन्छ । यसले सबैलाई सहज बनाउनुका साथै विषेश गरेर महिलाहरुलाई थप राहत पुगेको बताए ’।