
अत्तरिया : नेपाल फोटो ग्राफर एसोसियसन अत्तरिया उपसमिती कैलालीले सेभहाउसलाई खाद्यान्न सहयोग गरेको छ । आज १८५औ बिश्व फोटो ग्राफी दिवसका अवसरमा अत्तरिया स्थित महिला तथा बालबालिका सेभहाउसलाई खाद्यान्न सहयोग गरेको हो ।

सेभ हाउसलाई करिब १२ हजार बराबरको चामल, दाल, तेल चिउरा लगायतका खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको फोटो ग्राफर एसोसियसन अत्तरिया उपसमितीले जनाएको छ ।


उक्त सामाग्रीहरु फोटो ग्राफर एसोसियसन अत्तरिया उपसमितीका संयोजक योगेन्द्र कुवँरले सेभहाउसकी अध्यक्ष जानकी मसालीलाई हस्तान्त्रण गरेका थिए । सामाग्री ग्रहण गर्दे सेभहाउसकी अध्यक्ष मसालीले धन्यवाद ज्ञापन गरिन् । उनले आगामी दिनमा पनि सेभ हाउसलाई सहयोगको अपेक्षा गरिएको बताईन् ।
सहयोग कार्यक्रममा नेपाल फोटो ग्राफर एसोसियसन अत्तरिया उपसमितीमा आबद्ध सम्पुर्ण फोटो ग्राफीहरुको सहभागीता रहेको थियो ।
































