अतिरुद्र विश्वकल्याण विराट महायज्ञबारे कैलालीको अत्तरियामा छलफल

Image
Nisarga Hospital

अत्तरिया: अतिरुद्र विश्वकल्याण विराट महायज्ञबारे कैलालीको अत्तरियामा छलफल गरिएको छ ।

CP Hospital Dhangadhi

आज अत्तरिया स्थीत पतञ्जली योग समितिको हलमा नेपाल महर्षि वैदिक फाउन्डेसनका प्रतिनिधि,विश्व हिन्दु महासंघका प्रतिनिधि,विभिन्न धार्मीक संघ संस्थाका प्रतिनिधि,सुदूरपश्चिमका विभिन्न गुरुकुलका प्रतिनिधि,धनगढी उप महानगरपालिकाका नगर प्रमुख,अत्तरियाका विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको उपस्थितिमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञबारे छलफल गरीएको हो ।

गोदावरी गुरुकुल संस्कृत विद्यापीठका अध्यक्ष पदमराज जोशीको अध्यक्षतामा भएको उत्त कार्यक्रममा पूर्व गृहमन्त्री दिपक प्रकाश बास्कोटा रहेका थिए । अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आगामी कार्तिक २२ गतेदेखी २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

nawajiwan
Attariya Hospital

महर्षि महेश योगी नेपाल भ्रमणमा आएको ५० वर्ष पुरा भएको अवसरमा उत्त महायज्ञको आयोजना गर्न लागिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका व्यवस्थापक डिल्लीराम अधिकारीले बताए । उनले उत्त महायज्ञमा सहभागि हुन सम्बन्धित सबैलाई आग्रह गरे ।

उत्त महायज्ञमा फाउन्डेसनमा आवद्ध देशभरका ९२ वटा गुरुकुलको पनि सहभागिता हुने उनले बताए । विश्व तथा राष्ट्रमा सिर्जित समस्या,अशान्ति र युद्धको शिघ्र समाधानकानिम्ति सामूहिक सङ्कल्पसहित महायज्ञको आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।