धनगढीमा खुल्यो सुदर्शन टेलिभिजन, सुदूरपश्चिमका कानुन मन्त्रिद्धारा उद्धाटन

Image
Nisarga Hospital

धनगढी: धनगढीमा सुदर्शन टेलिभिजन सञ्चालनमा आएको छ । राधाकृष्ण मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित सुदर्शन टेलिभिजनको शनिबार उद्घाटन गरिएको हो ।

CP Hospital Dhangadhi

उद्घाटन समारोहका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्किले टेलिभिजनको उद्घाटन गरेका हुन् ।

सुदर्शन टेलिभिजनले आम जनताका मुद्दालाई सशक्त रुपमा उठाउने विश्वास रहेको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताएका छन् ।

nawajiwan

यस्तै पत्रकार महासंघले सम्पूर्ण सञ्चारकर्मीका लागि अभिभावकिय भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए ।

Attariya Hospital

आज भएको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला एवम् कानुन मन्त्री हिरा सार्कीले हाल बजारमा भइरहेकोे सञ्चार माध्यमको प्रतिस्पर्धामा सञ्चानमा आएको सुदर्शन टेलिभिजनको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले भने, “अहिले प्रतिस्पर्धामा तपाईंले म गर्छु भन्ने किसिमले जमर्को गर्नुभएको छ, यसका लागि सम्पूर्ण सुदर्शन परिवारको उन्नति प्रगतिको पनि कामना गर्न चाहान्छु ।”

लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत रहँदाको अनुभवलाई आगामी दिनमा अझै फरक तरिकाले कार्य गर्ने उद्देश्यले सुदर्शन टेलिभिजनलाई सञ्चालनमा ल्याइएको टेलिभिजनका अध्यक्ष महेशराज बडुले बताएका छन् ।

पत्रकारिताको आचारसंहिताको पालना गर्दै सुदर्शनले आम जनताको आवज बोल्ने उनले बताएका छन् । शनिबार औपचारिक उद्घाटन भएको सुदर्शन टेलिभिजनको कार्यालय धनगढी-५ हसनपुरमा रहेकोे छ । सञ्चार क्षेत्रमा केहि नयाँ र आवश्यक भूमिका निर्वाह गर्नका लागि टेलिभिजन सञ्चालनमा ल्याइएको बताइएको छ ।