सुरेशकुमारका दुई उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
सोर्ग नर्क छ भने समाजमै छ भन्ने बिचार हुनुपर्छ,
सबै मानव समुदायहरू को राम्रो व्यवहार हुनुपर्छ।
CP Hospital Dhangadhi
कुसंस्कार पालेर कति बाँच्ने मनभित्र मानवहरूले,
नागरिकका बिचारको सम्मान गर्ने सरकार हुनुपर्छ।
सबैभन्दा पहिले मात्रृत्वभूमि छ र जिवितछौँ हामि,
सबैको पौरखबाट देशको सम्रचना निखार हुनुपर्छ।
nawajiwan
नागरिक समाजले चुन्यो र पठायो नेता संसदनमा,
नागरिकहरूलाई जीवन यापनको आधार हुनुपर्छ।
Attariya Hospital
खेती गर भन्दैमा मात्र पुग्दैन सरकार किसान लाई,
समयमा मल बिउ साथै कृषिका औजार हुनुपर्छ।
न साहुकार न उन्का दलालले देश बनाउँछन् हाम्रो,
देश जोगाउँन र बनाउँन देशभित्र बफादार हुनुपर्छ।
॥१॥

हाम्रो देशका युवाहरू त देश बिहिन हुनथाल्यो,
जस्तै देशका नेता विदेशीको अधिन हुनथाल्यो।
आमा भन्नु हुन्थ्यो देशका लागि केही त गर्नैपर्छ,
ती शब्दहरू पनि बिस्तारै मनमै मलिन हुनथाले।
हामिहरू स्वतन्त्र भएर कसरी बाँच्न सकिन्छ त,
जन्मिने शिशुलाई झण्डै लाख रिन हुनथाल्यो।
जसलाई चुनेपनि विदेशीको दलालि गर्न खोज्दा,
अब यिनिहरूलाई नेत भन्नै पनि घिन हुनथाल्यो।
महंगि र भ्रष्टाचारको बिरूद्धमा आवाज उठ्छन्,
तर रोकिएन झन् अपराध दिनौदिन हुनथाल्यो।
देशमा आमूल परिवर्तन् नगर्दै शान्ति हुनैसक्दैन,
अहिलेको अबस्था हेर्दा मलाई एकिन हुनथाल्यो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८