सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

तिमी भन्छौ अपराधीहरू लाई कारागार हुन्छ,
तर मैले देख्छु सधैभरी उहि नै साहुकार हुन्छ।
ऋण लिएर पनि तिर्न मान्दैनन् जमाना कस्तो,
धेरैलाई अपराध पनि जिउपाल्ने आधार हुन्छ।
इमान्दार कर्मचारीलाई त खान पुग्दैन तलबले,
सानो तिनो घर बनाउँदा समेत कर्जदार हुन्छ।
कसरी बनाउँथ्यो सिश महल प्रेमिकाको लागि,
जसको ऋणमा आफ्नै घरको बेडापार हुन्छ।
अचेल धेरैजसोलाई रूपियाँले वेइमान बनायो,
लोभ लालचले नै समाजमा ठुलो दरार हुन्छ।
वेइमानहरूले सुन पचाउँछन थाहा हुदैँन यहाँ,
गरिबहरू नुन नचोर्दै सङ्कामै चिरफार हुन्छ।

CP Hospital Dhangadhi

॥१॥

नागरिकहरू माथि सधै किन अत्याचार हुन्छ,
सरकारबाट पनि सधैँभरी उस्तै व्यवहार हुन्छ।
आफ्नै छायाँले पनि डराउँन दिन्छ कुनै वेला,
साख्खै भाई दाई पनि एकापसमै गद्धार हुन्छ।
कहाँ जित्न सक्नेथियो यार मलाई दुश्मनले,
घरिघरी आफ्नै भाई दुश्मनको हतियार हुन्छ।
राजनीति जस्तो राजनीति छैन अचेल देशमा,
नेताहरूको पनि बोलि लगाएर व्यापार हुन्छ।
गरिब मुक्तिकै नारा खुब लगाउँछन् सडकमा,
तर यथार्थमा उनकै पसिनामा कारोबार हुन्छ।
सरकारले भन्थ्यो घरघरमै सिहँदरबार हिंजो,
यहाँ विक्रिमै पेरिस डांडा र बालुवाटार हुन्छ।

nawajiwan

॥२॥

कति अर्घेलो बनाउँछ सरकार यो समाजले,
भन किन गर्दैन मानिसलाई प्यार यो समाजले।
कहिले एकान्तमा रूपियाँ हेर्छु र हासो लाग्छ,
किन बनाएको होला धन खुँखार यो समाजले।
मेरै आमा बिना चप्पल हिंड्नु हुन्थ्यो देखेकै हु,
किन गर्छ गरिब बिच यस्तो व्यवहार समाजले,
बिना उपचार अकालमै ज्यान गुमाउँछन् लाखौ,
आफ्नै पसिनाले नेताको गर्छ उपचार समाजले।
मेलापर्व पनि हुनेखानेको भयो हुँदा खाने भोकै,
दिन सकिन सबैलाई खुसिको आधार समाजले।
गरिबहरूकै पसिना लुटेर पालेको छ आज पनि,
अपराधी,फटाहा उस्तै देशका गद्धार समाजले।

Attariya Hospital

॥३॥

कहिले सुनसान् हुन्छ कहिले मनमा तुफान हुन्छ,
अचेल आफ्नै प्रछाईं अपरिचित र अन्जान हुन्छ।
नलागोस् छोराछोरिलाई ऋण भन्छु सोंच्छु आफै,
ऋण नलागे त जिम्मेदार हुँदैन भन्ने उखान हुन्छ।
समस्याको रास हुन्छ पाइल्यै पछि ठोक्कर सधैँ,
भन प्रिय हाम्रो यो उल्झन् कहिले समाधान हुन्छ।
श्रमजिविहरू नै भोकै नाङ्गै हिंडेको देखिन्छ यहाँ,
अल्छि शोशक र अपराधीहरूकै छुट्टै शान हुन्छ।
देश द्रोही अचेल आकासमा उड्छन् देश बिदेशमै,
उनै अपमान हुन्छन् जसको यहाँ योगदान हुन्छ।
इमानदार मानिसको त पौरख बिक्न छाड्यो यहाँ,
अचेल अब्बल दर्जाको त दुनियामा वेइमान हुन्छ।

॥४॥

तीज आउँछ अनि दंशै र तिहार आउँछ,
हुँदा खानेलाई भने ऋणकै भार आउँछ।
धनमान् लाई मात्र आउँनेरैछ खुसि बनि,
गरिबलाई त खुसिको इन्तिजार आउँछ।
हामिले भन्छौँ यो व्यवस्थाकै विद्रो गर्दा,
यही ज्यान् जान्छ कि त संसार आउँछ।
आन्दोलन पनि नगरेका कहाँ हौँ हामिले,
तर सत्तामा अवसरबाद लगातार आउँछ।
दुष्टको इसारामा जान्छ ज्यान गरिबको,
देशको सत्तामा दलालकै सरकार आउँछ।
सोंच्छु किन होला देशमा विकाश नहुँने,
सम्पति खान विदेशको बफादार आउँछ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८